महाशाखागत कार्यहरु:

१. नीति योजना, प्रशासन तथा यातायात व्यवस्था महाशाखाः

- हवाई यातायात वाहेक अन्य यातायात तथा परिवहन सम्बन्धी व्यवस्थापन र संचालन सम्बन्धी विद्यमान नीति र योजनाको कार्यान्वयन र त्यस सम्बन्धी नियमन कार्य गर्ने,

- यातायात परिवहन व्यवस्थापन र संचालनसंग सम्बन्धित संस्थान तथा संगठनहरु सम्बन्धी,

- संचालित कार्यक्रमहरु तथा कार्यालयहरुको अनुगमन मूल्यांकन गर्ने,

- यातायात तथा परिवहन व्यवस्थापन र संचालनसंग सम्बन्धित अन्तराष्ट्रिय संस्था वा निकायहरुसंग सम्बन्धी,

- यातायात व्यवस्थापन र संचालन सम्बन्धी निरीक्षण, अनुगमन र मूल्यांकन गर्ने,

- स्वदेशी तथा बैदेशिक रोजगार सेवाको सूचना एवं तथ्यांक र सूचनाहरुको अद्यावधिक गराई प्रकाशन गर्ने,

- वैदेशिक रोजगार सम्बन्धी अनुगमन तथा निरीक्षण गर्ने,

- आन्तरिक प्रशासन र कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु गर्ने,

- निजामती सेवा ऐन, नियमावली अनुसार कर्मचारीहरुलाई दिइने सुविधा पुरस्कार र विभागीय कारवाही सम्बन्धी,

- मन्त्रालयको संगठन, दरवन्दी, कर्मचारी कार्य विवर०ा सम्बन्धी,

- स्वदेशी तथा विदेशी छात्रवृत्ती एवं वैदेशिक भ्रमणका लागि मनोनयन सम्बन्धी कार्यहरु,

- मन्त्रालय सम्बन्धी प्रवक्ताको कार्य,

- आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्यहरु,

- श्रम तथा यातायात सम्बन्धी ऐन नियमहरुको तर्जुमा संशोधन विधेयक तथा नियमावलीहरु तयार गरी पेश गर्ने,

- श्रम तथा यातायात सम्वन्धी कानूनी राय एवं परामर्शका विषयहरु,

- व्यावसायिक तथा सीप विकास तालीम सिम्बन्धी कार्यक्रम तर्जुमा, समन्वय, अनुगमन र अन्य प्रशासनिक कार्य ।


क) प्रशासन शाखा

१. मन्त्रालयको आन्तरिक प्रशासन सुव्यवस्था गर्ने, स्टोर व्यवस्थापन तथा कर्मचारी प्रशासन सम्वन्धी ।

२. निजामती सेवा ऐन र नियमावली अनुसार कर्मचारीहरुलाई दिईने सुविधा पुरस्कार र विभागीय कारवाही सम्वन्धी कार्य ।

३. मन्त्रालय र संगठन, दरवन्दी सृजना, कर्मचारी कार्य विवरण, नियुक्ति, पदस्थापन, सरुवा, वढुवा, अवकाश सम्वन्धमा मन्त्रालयवाट गर्नुपर्ने कार्यहरु ।

४. स्वदेशी तथा बिदेशी छात्रवृत्ति, तालिम, गोष्ठि आदि पठाउन सिफारिस गर्ने कार्य ।

५. मन्त्रालय भित्र परिवहन तथा संचारको व्यवस्था गर्ने कार्य ।

६. मन्त्रालय भित्र कागग धुल्याउने सम्बन्धी कार्य ।

७. घर जग्गा प्राप्त गर्न जग्गा प्राप्ती ऐन बमोजिम गर्ने कार्य ।

९. मन्त्रालयको आर्थिक प्रशासन सम्बन्धी आवश्यक व्यवस्था मिलाउने कार्य गर्ने ।


ख) यातायात व्यवस्थापन शाखा
:

१. यातायात सेवा तथा परिवहन सम्बन्धी व्यवस्थापन र संचालन सम्बन्धी विद्यमान नीति र योजना तथा ऐन, नियमहरु कार्यान्वयन गर्ने कार्य ।

२. यातायात सेवा तथा परिवहनको व्यवस्थापन र संचालनसंग सम्बन्धित संस्थान तथा संगठन सम्बन्धी कार्य ।

३. यातायात सेवा तथा परिवहनको व्यवस्थापन र संचालनसंग सम्बन्धित अन्तराष्ट्रिय संस्था वा निकायहरुसंग सम्पर्क गर्ने कार्य ।

४. यातायात तथा परिवहन सेवा व्यवस्थापन र संचालन सम्बन्धी निरीक्षण, अनुगमन र मूल्यांकन गर्ने कार्य ।

५. स्थल तथा जलमार्गमा चल्ने सवारी तथा परिवहन साधनहरुको तथ्यांक अद्यावधिक गर्ने ।

६. देशको वातावरणसंग उपयुक्त यातायातको साधनहरुको परिचान गर्ने अध्ययन अनुसन्धान गर्ने कार्य ।

७. छिमेकी मुलुकहरुसंग सिधा सवारी संचालन सम्बन्धी आवश्यक व्यवस्था गर्ने कार्य ।

८. मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालयहरुको अनुगमन एवं निरीक्षण गरी सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी कार्यलाई अझ सहज र सरल वनाउने सम्बन्धी कार्य ।

९. सवारी तथा यातायात व्यवस्थापनका लागि प्राविधिक पक्षमा सुधार गर्नु पर्ने कार्य ।


 ग) आर्थिक प्रशासन शाखाः

 १. मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्षको साधारण तर्फको अनुमानित वजेट तयार गरी स्वीकृतिको लागि पेश गर्ने ।

२. विकास वजेट संचालन गर्न आवश्यकतानुसार योजना शाखालाई सघाउ पु¥याउने ।

३. कार्यालय प्रमुख तथा शाखाहरुलाई आर्थिक ऐन नियमको आधारमा आवश्यकतानुसार राय सल्लाह दिने ।

४. स्वीकृत विनियोजन वजेट अन्तर्गतका महालेखा नियन्त्रक वा कोष तथा लेखा नियन्त्रक कार्यालयवाट रकम निकासा प्राप्त गर्नु पर्ने सबै कारवाहीहरु गर्ने ।

५. कार्यालयको लागि आवश्यकतानुसार कार्यक्रम संशोधन भइसकेपछि रकमान्तरको कारवाही गर्ने ।

६. ऐन नियमानुसार तोकिएको श्रेस्ता राख्ने राख्न लगाउने ।

७. केन्द्रिय स्तरको विनियोजन हिसाबत यार गर्नको लागि आवश्यक पर्ने मास्केवारी तथा अन्य फांटवारी नियमीत रुपमा तयार गर्ने गराउन र सम्बन्धित निकायमा समयमै पठाउने व्यवस्था गर्ने गराउने ।

८. प्रत्यायोजित अधिकार बमोजिम जिन्सी सम्बन्धी भौतिक तथा लेखा परीक्षण समितिको सदस्य भई काम गर्ने ।

९. कर्मचारीहरुलाई स्वीकृत भए अनुसारको रकम पेश्की दिने र कार्य सम्पादन भएको अवधिले नियमानुसार पाउने म्याद भित्र पेश्की फछ्र्यौट गराउने व्यवस्था गर्ने ।

१०. विकास निर्माण सम्बन्धी खर्चको तथ्यांकहरु अद्यावधिक राख्ने व्यवस्थ ागर्ने गराउने ।

 

घ) ऐन नियम परामर्श शाखाः

 १. निजामति सेवा सम्बन्धी ऐन नियम र श्रम तथा यातायात सम्बन्धी कानूनहरुको व्याख्य सम्बन्धी राय माग भइ आएमा सम्बन्धित निकायहरुमा सम्पर्क राखी शुरु कारवाही गर्ने र स्वीकृत वमोजिम निर्णयको जानकारी दिने ।

२. मन्त्रालय र मातहतका कार्यालयहरुका अन्य शाखाहरुलाई आवश्यकतानुसार कानूनी सल्लाहाकारी सेवा पु¥याउने ।

३. श्रम तथा यातायातसंग सम्बन्धित पक्षहरुका प्रतिनिधि वा संघ संस्थाहरुकासाथै विभिन्न गोष्ठी सभा सम्मेलनवाट पारित सुझावहरुलाई ध्यानमाराखी श्रम तथा यातायात सम्बन्धी ऐन नियमहरुको तर्जुमा र संशोधन गर्न राय सुझाव पेश गर्ने ।

४. स्वीकृत सुझावहरु अनुरुप ऐन कानूनको प्रारंभिक मस्यौदा तयार पारी सम्बन्धित निकायमा पठाउने ।

५. ऐन नियम अन्तर्गतका आददेश आदिको तर्जुमा गर्ने ।

६. सर्वोच्च अदालतवाट श्रम तथा यातायात सम्बन्धमा कायम गरिएका नजिर सम्बन्ध्ी निर्णयहरुको लगत विवरण अद्यावधिक राख्ने ।

७. त्यस्ता नजिर सम्बन्धी निर्णयहरु मन्त्रालय मातहतका कार्यालयहरुलाई जानकारी गराउने ।

८. मन्त्रालय र मातहतका कार्यालयहरुलाई विपक्षी वनाई अदालतमा परेका उजुरीहरुको जवाफ तयार गर्ने ।

 

ङ) नीति, योजना, अनुगमन तथा तालीम समन्वय शाखाः

१. श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तर्जुम ागर्ने नीति प्रस्तावको उत्पत्ति गर्ने तथा निर्णयको लागि प्रस्तुत गर्ने कार्य ।

२. नीतिहरु तर्जुम ागर्ने आवश्यक विवरणहरु सम्बन्धीत शाखाहरुवाट संकलन गर्ने कार्य ।

३. स्वरोजगारका अवसरहरु सृजना हुने वातावरण तयार गर्ने नीती तर्जुमा गर्ने कार्य ।

४. आन्तरिक तथा वाह्य रोजगारी अभिवृद्धिका लागि तालिम सम्बन्धी नीति तर्जुमा गर्ने कार्य ।

५. मन्त्रालय र विभागहरु अन्तर्गतसंचालन हुने विकासका आवधिक एवं सालवसाली कार्यक्रमहरु तयार गर्ने कार्य ।

६. राष्ट्रिय योजना आयोगको सचिवालय र अर्थ मन्त्रालयको राय परामर्श अनुरुप मन्त्रालय अन्तर्गत संचालित विकास कार्यक्रमहरु समन्वय गर्ने ।

७. मन्त्रालय र अन्तर्गतका निकायहरुमा संचालित विकास कार्यक्रमहरुको प्रगति समिक्षा तथा मुल्यांकन परिमार्जन र संशोधन गर्ने कार्य ।

८. राष्ट्रिय योजना आयोगसंग निकट सम्बन्ध राखी दिर्घकालिन तथा आवधिक योजना तयार गर्ने कार्य ।

९. मन्त्रालय वा मातहत विभाग कार्यालयहरुवाट गरिएका अध्ययनहरुको निष्कर्षलाई योजना तथा कार्यक्रममा समावेश गर्ने कार्य ।

१०. मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने वैदेशिक सहायता सम्वन्धी कार्यको प्रयोजनको लागिअर्थ मन्त्रालय वैदेशिक सहायता शाखागत निकटतम समन्वय राख्ने ।

११. विदेशी सहयोगवाट संचालन हुने आयोजनाहरुको सम्झौताको मस्यौदा सम्बन्धमा प्रतिक्रिया उपलव्ध गराउने तथा दातृ संस्थासंग सम्पर्क केन्द्रको रुपमा गर्ने कार्य ।

१२. विदेशी सहयोगवाट संचालन हुने आयोजनाहरुको सम्बन्धमा मन्त्रालयवाट गर्नुपर्ने कार्य ।

१३. बैदेशिक सहयोग तथा ऋणवाट संचालन भएका आयोजनाहरुको सम्झौतापत्र र विवरण सुरक्षित राख्ने र सम्झौता र विवरणहरुको कार्यान्वयन गर्ने कार्य ।

१४. बैदेशिक सहयोग तथा ऋण अन्तर्गत खरिद हुने मालसामानहरु सम्झौता अनुरुप प्राप्त गर्ने  कार्य ।

वैदेशिक रोजगार तथा श्रम सम्वन्ध महाशाखाः

- श्रम तथा वालश्रम, यातायात (हवाई यातायात वाहेक) वैदेशिक रोजगार सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने ।

- श्रम तथा यातायात सम्बन्धी ऐन नियमहरुको तर्जुमा, संशोधन, विधेयक तथा नियमावलीहरु तयार गरी पेश गर्ने,

- श्रमशक्ति, श्रम बजार, वालश्रम, सम्वन्धी अध्ययन, यातायात सर्वेक्षण अनुसन्धान तथ्यांक संकलन तथा विश्लेषण सम्बन्धी कार्य, सो सम्बन्धी सूचना एवं तथ्यांकहरु अद्यावधिक गर्ने,

- स्वरोजगारी श्रृजनाका लागि आवश्यकता अनुसार नीति, योजना र कार्यक्रमहरुको निर्माण गर्ने,

- राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरका श्रम सम्बन्धी प्रतिवेदनहरुका प्रकाशनहरु, आदिको संकलन, प्रकाशन तथा वितरण सम्बन्धी कार्यहरु गर्ने,

- कामदार मजदूरहरुको कर्तव्य र दायित्व वारे वोध गराउन कामदार शिक्षा ध्यचपभचुक भ्मगअबतष्यल सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने,

- अन्तराष्ट्रिय श्रम संगठन ९क्ष्ीइरक्ष्एभ्ऋ० सम्बन्धी,

- अन्राष्ट्रिय सम्पर्क सम्बन्धी कार्यहरु,

- डकुमेन्टेशन सम्बन्धी कार्यहरु, (तथ्यांक)

- बालश्रम सम्बन्धी कार्यहरु,

- श्रम, बालश्रम, यातायात, वैदेशिक रोजगार सम्बन्धी कार्यक्रमहरु तयार गर्ने, समन्वय गर्ने, अनुगमन गर्ने र प्रतिवेदन गर्ने,

- बालश्रम निवारणका लागि निरीक्षण तथा अनुगमन गर्ने,

- बालश्रम सम्बन्धी व्यवस्थापन, बालश्रम बिरुद्ध जनचेतना गराउन प्रचार प्रसार गर्ने,

- विस्थापित बालश्रमिकहरुलाई शिक्षा, तालीम तथा पुनस्र्थापनाको व्यवस्था गर्ने,

- श्रमिक तथा बाल बालिकाहरुका लागि डे केयर सेण्टर, शिक्षा आदिको प्रबन्ध गर्न व्यवस्थापकहरुलाई प्रोत्साहित एवं सहयोग गर्ने,

- बालश्रम सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी सेमिनार सम्मलन सम्बन्धी कार्यहरु,

- श्रम सहचारी सम्बन्धी कार्यहरु,

- बैदेशिक रोजगार प्रवद्र्धन सम्वन्धी कार्य ।

 

 क) बालश्रम निवारण तथा ILO शाखाः

१. प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरुको सामाजिक सुरक्षा सम्बन्धी कार्य,

२. आइ.एल.ओ. तथा अन्य अन्तराष्ट्रिय, राष्ट्रिय, सरकारी, गैर सरकारी संघ संस्थाहरुसंग समन्वय तथा विकास कार्यक्रम सम्बन्धी कार्य,

३. अन्तराष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.) वाट पारित अभिसन्धिहरु र सिफारिस सम्बन्धी कार्य,

४. वालश्रम निवारण सम्बन्धी कार्यक्रम निर्धारण, तर्जुमा र कार्यान्वयन सम्वन्धी कार्य,

५. बालश्रम निवारणका कार्यक्रम निरीक्षण तथा अनुगमन गर्ने कार्य,

६. वालश्रम विरुद्ध जनचेतना जगाउन प्रचार प्रसार गर्ने कार्य,

७. बालश्रम निवारण कार्यबाट विस्थापित बाल श्रमिकहरुलाई शिक्षा, तालिम तथा पुनस्र्थापनको कार्य,

८. श्रमिकहरुका बाल बालिकाहरुको लागि डे केयर सेन्टर शिक्षा आदिको प्रवन्ध गर्न व्यवस्थापकहरुलाई प्रोत्साहित एवं सहयोग गर्ने कार्य,

९. बालश्रम निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठि, कार्यशाला, सम्मेलन सम्बन्धी कार्यहरु गर्ने,

१०. बालश्रम निवारणका लागि अन्तराष्ट्रिय श्रम संगठन, आईपेक, जी.टी.जेड. तथा अन्य दातृ राष्ट्र तथा अन्य संघ संस्थाहरुसित सम्बन्धित कार्य ।

 

ख) श्रम–सम्वन्ध तथा सूचना शाखाः

 १. श्रम प्रशासनसित सम्बन्धित श्रम कानुनको कार्यान्वयन सम्बन्धी कार्य, सुमधुर औद्योगिक सम्बन्ध स्थापनाको लागि कार्य,

२. श्रम शिक्षा, तालिम तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रवद्र्धनको कार्य,

३. टे«ड यूनियन तथा रोजगारदाता प्रतिष्ठानसित समन्वय गरी औद्योगिक शान्ति र विकासको कार्य गर्ने,

४. श्रम शिक्षा, औद्योगिक सम्बन्ध, श्रमस्तर र अवस्थाको वारेमा अध्ययन, अनुसन्धान, सेमिनार, गोष्ठि आदि कार्यक्रम गर्ने, गराउने,

५. देशको श्रम शक्तिको अवस्था, श्रम शक्तिको आवश्यकता र रोजगारीको सम्भावना तथा समस्या अध्ययन तथा अनुसन्धान गर्ने,

 

ग) बैदेशिक रोजगार प्रवद्र्धन तथा श्रम सहचारी समन्वय शाखाः

१. बैदेशिक रोजगार सम्वन्धी नीतिहरुको तर्जुमा सम्वन्धी कार्य ।

२. बैदेशिक रोजगार सम्बन्धी नीतिहरुको कार्यान्वयनको निरीक्षण अनुगमन सम्बन्धी कार्य ।

३. बैदेशिक रोजगार प्रवद्र्धन सम्वन्धी पुस्तिका प्रकाशन प्रचार प्रसार गोष्ठी सेमिनार जनचेतना कार्यक्रम अध्ययन, अनुसन्धान सम्वन्धी कार्य ।

४. बैदेशिक रोजगारको अवसर, पहिचान, मूल्यांकन तथा सूचना संकलन सम्बन्धी कार्य ।

५. बैदेशिक रोजगार सम्बन्धी इजाजतपत्रवाला एजेन्सी तथा बैदेशिक रोजगार प्रशिक्षण केन्द्रहरुको निरीक्षण तथा अनुगमन ।

६. बैदेशिक रोजगार सम्बन्धमा रोजगारदाता मुलुकहरुसंग हुने वार्ता एवं सम्झौता सम्बन्धी कार्यहरु ।

७. बैदेशिक रोजगार सम्बन्धी संस्थालाई इजाजतपत्र प्रदान गर्ने सम्बन्धी कार्य ।

८. बैदेशिक रोजगार सम्बन्ध्ी अभिमुखीकरण तालिम संचालन गर्ने संस्था सूचीकृत गर्ने सम्बन्धी कार्य ।

९. बैदेशिक रोजगार सम्बन्धी इजाजतपत्र प्रदान गर्ने तथा रद्द गर्ने सम्बन्धी कार्य ।

१०. बैदेशिक रोजगार सम्बन्धमा हुने कानूनी कारवाही सम्बन्धी कार्य ।

११. बैदेशिक रोजगारीमा हुने गैर कानूनी गतिविधि नियन्त्रण गर्ने सम्बन्धी कार्य ।

१२. बैदेशिक रोजगारीका लागि तया मुलुक खुला गर्ने सम्बन्धी कार्य ।

१३. बैदेशिक रोजगारीमा गएकाहरुलाई विदेशमा परेको समस्या निराकरण गर्ने सम्बन्धी कार्य ।

१४. बैदेशिक रोजगारबाट पर्न ग्एको आर्थिक, रामाजिक लगायत विविध पक्षको प्रभावको अध्ययन अनुसन्धान सम्बन्धी कार्य ।

१५. श्रम सहचारी सम्वन्धमा मन्त्रालयस्तरवाट सम्पादन गर्नु पर्ने कार्य ।

 

३) श्रम सहचारीको व्यवस्थाः

वर्षेनी हजारौंको संख्यामा नेपालीहरु बैदेशिक रोजगारीमा जाने गरेको र यसबाट देशमा रेमिट्यान्सको रुपमा निकै ठूलो रकम भित्रिने गरेको तथ्यांकबाट देखिन्छ । तल उल्लेखित श्रम विभागबाट जारी गरिएको तथ्यांकले आधिकारिक रुपमा आर्थिक वर्ष २०६३।०६४ मा करीब २,०४,५३३ नेपालीहरु बैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएको देखिन्छ । उक्त तथ्यांकबाट आर्थिक वर्ष २०६३।६४ सम्ममा आधिकारिक रुपमा बैदेशिक रोजगारीमा गएका कूल नेपालीहरुको संख्या ९,७८,१२५ रहेको देखिन्छ । यस तथ्यांकमा अनाधिकृत रुपमा बैदेशिक रोजगारीमा गएकाहरुको गणना गरिएको छैन । यसलाई समेत गणना गर्दा यो संख्या दोब्बर भन्दा बढी हुृने देखिन्छ ।
यसरी देशको कूल राष्ट्रिय आयमा करीब २५ प्रतिशतको योगदान दिने बैदेशिक रोजगारीको क्षेत्र विभिन्न समस्याहरुबाट ग्रसित रहेको छ । खासगरि गन्तव्य मुलुकमा नेपाली कामदारहरुले बेहोर्नु पर्ने समस्या र दैनिक रुपमा भित्रिने कामदारको मृत शरीरले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको जोखिम (Vulnerability) लाई इंगित गर्दछ । बिदेशमा रहेका नेपाली नियोगहरुको संस्थागत, संरचनागत एवं आर्थिक, भौतिक तथां मानवीय स्रोतको अपर्याप्तता एवं अन्य प्राथमिकताका कारणले तिनीहरुले यस क्षेत्रमा पर्याप्त रुपमा  प्रबद्र्धनात्मक एवं अनुगमन तथा मूल्यांकनका कार्य गर्न नसकेको प्रष्ट देखिन्छ । श्रम सम्बन्ध नितान्त वेग्लै प्रकृतिको रहेको हुनाले यसलाइ संबोधन गर्न समेत  श्रम सम्बन्धमा विशेषज्ञता हासिल गरेको  निकाय हुनु जरुरी रहेको कुरा हाम्रो विगतको अनुभवले देखाउदछ । नेपाल सरकारले बाणिज्य क्षेत्रमा विशेषज्ञता हासिल गरेको निकायबाट विभिन्न मुलुकमा  नियुक्त गर्ने गरेको महावाणिज्यदूत जस्तै श्रम सहचारीको नियुक्ति हुनु जरुरी भैसकेको देखिन्छ । 
यसै तथ्यलाई हृदयंगम गरी हाल सालै जारी भएको बैदेशिक रोजगार ऐन २०६४ ले ५००० (पाँच हजार) भन्दा बढी नेपाली कामदारहरु कार्यरत रहेका मुलुकमा नेपाल सरकारले कम्तीमा राजपत्रांकित अधिकृतलाई श्रम सहचारीको रुपमा नियुक्त गर्न सक्ने भनी ऐनको दफा ६८ मा उल्लेख गरेको छ ।  उक्त ऐनमा श्रम सहचारीको काम, कर्तव्य र अधिकार भनी स्पष्ट रुपमा नेपाली कामदारको हक र हितलाई संरक्षण गर्ने एवं वैदेशिक रोजगारीलाई प्रबद्र्धन गर्न खालका निम्न कुराहरु उल्लेख भएको देखिन्छ ।
- नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमन सम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानव अधिकार तथा कामदारको हित संरक्षणार्थ चालेका कदमबारे नेपाल सरकारलाई जानकारी गराउने,
- कामदार, रोजगारदाता संस्था वा ईजाजतपत्रवालाबीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने,
- बैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न गराउन आवश्यक व्यवस्था गनर्,े
- सम्बन्धीत देशमा नेपाली कामदारको सीप अनुसारको काम उपलब्ध हुने भएमा सो सम्बन्धी जानकारी नेपाल सरकारलाई उपलब्ध गराउने,
- प्राकृतिक विपत्तीमा परेका वा कुनै कारण वश मृत्यु भएका कामदारको मृत शरीर सम्बन्धीत मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्ने,
- नेपालबाट कामदार आपूर्ति गर्नका लागि सरकारी स्तरमा द्विपक्षीय सम्झौता गर्न प्रयास गर्ने,
- कामदारलाई आवश्यक परामर्श प्रदान गर्ने र निजलाई संझौतामा उल्लेखित कार्यबाहेक अन्य कार्य गर्न निरुत्साहित गर्ने,
- कामदारको लागि असर पार्न सक्ने क्रियाकलापको सुपरीवेक्षण गर्ने, र
- नेपाल सरकारले समय–समयमा तोकेको अन्य कार्य गर्ने ।

थप भएका पदहरुको कार्य विवरण

क) उप सचिवः यातायात शाखा

- सवारी तथा यातायात व्यवस्था सम्वन्धी प्रचलित कानून,नीति एवं निर्देशन वमोजिम मन्त्रालयस्तरबा६ सम्पादन गर्नु पर्ने कार्यहरुका सम्बन्धमा अध्ययन गरी कारवाही अघी बढाउने ।

- सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन, नियम, नीति परिमार्जन सम्बन्धी कार्यमा सहयोग एवं समन्वय गर्ने ।

- सवारी तथा यातायात व्यवस्था लगायत वातावरण प्रदुषण सम्बन्धमा मन्त्रालयबाट गर्नु पर्ने कार्यहरु गर्ने ।

- सवारी तथा यातायात व्यवस्थाको कार्यलाई सहज र सरल बनाउन अन्य आवश्यक प्रवर्४नात्मक कार्यका लागि पहल गर्ने ।

- प्रचलित ऐन, नियम, निर्देशिका आदिको कार्यान्वयनका सम्बन्धमा र वाधा अड्चन फुकाउने प्रयोजनार्थ यातायात व्यवस्था विभाग र कार्यालयहरुको अनुगमन गरी प्रतिवेदन पेश गर्ने गराउने ।

- सवारी तथा यातायात व्यवस्था सुध्रिणिकरण कार्यक्रम एवं आयोजनाहरु तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन एवं राय, परामर्श सम्बन्धी कार्य गर्ने गराउने ।

- यातायात व्यवस्था सुध्रिणिकरण प्रबर्धनका विषयमा अन्तर मन्त्रालय समन्वय गर्ने, गोस्ठी, कार्यक्रम एवं बैठकहरुमा भाग लिने ।

- सवारी तथा यातायात व्यवस्था सम्बन्धी क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ, संस्था सम्बन्धी कार्यमा समन्वय एवं तोके वमोजिम प्रतिनिधित्व गर्ने ।

- यातायात सम्बन्धी सङगठित् संस्थाहरु रेल्वे, विगठित यातायात संस्थान, साझा यातायात, रोप्वे, ट्रलिबस सेवा, पारवहन सम्बन्धी शाखाबा६ गर्ने कार्यहरु गर्ने ।

- यातायात सम्बन्धी अन्तराष्ट्रिय, सन्धि सम्झौताहरुको पालना, अनुगमन, सम्बन्धी  कार्य गर्ने ।

- सवारी तथा यातायात व्यवस्थालाई सुध्रिड, सरल बनाउन तोकिए वमोजिमका अन्य कार्य गर्ने ।

- अधिनस्थ कर्मचारीहरुको काममा निक६तम सुपरिवेक्षकको हैसियतले आवश्यकता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने ।

 

ख) उपससिचवः नीति, योजना अनुगमन तथा तालीम समन्वय शाखा

- श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तर्जुमा गर्ने नीति प्रस्तावको लागि आवश्यक सूचना एवं विवरणहरु संकलन गर्ने, नीति प्रस्ताव उत्पत्ति गर्ने एवं निर्णयका लागि प्रस्तुत गर्ने ।

- राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसंग आवश्यक समन्वय गरी मन्त्रालय र अन्तर्गत निकायहरुबाट संचालन गर्ने सालवसाली एवं आवधिक आयोजना एवं कार्यक्रमहरु तयार गरी गराई स्वीकृति गराउने सम्बन्धी कार्य गर्ने ।

- स्वीकृत कार्यक्रमहरु कार्यान्वयन गर्न गराउन आवश्यक समन्वय र सहयोग गर्ने कार्य गर्ने ।

- पारित नीति मन्त्रालय र अन्तर्गतका आयोजना कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि नियमित अनुगमन गरी गराई सुधारका लागि प्रतिवेदन पेश गर्ने ।

- वार्षिक वजेट तथा कार्यक्रम तयार गर्ने कार्यमा आवश्यक समन्वय र सहयोग गर्ने ।

- राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित निकायहरुमा वजेट तथा कार्यक्रमका विषयमा तोके वमोजिम मन्त्रालयबाट प्रतिनिधित्व गर्ने र आवश्यकता अनुसार पेश गर्नु पर्ने विषय सुपरिवेक्षकलाई जानकारी गराउने ।

- मन्त्रालय र अन्तर्गतका आयोजना कार्यक्रमहरुको आवधिक अनुगमन मूल्यांकन गराई समिक्षा बैठकहरुको आयेजना गर्ने ।

- मन्त्रालय र अन्तर्गत आयोजनाहरुको नियमित एवं विकासात्मक कार्यहरुको तोकिए वमोजिमको आवधिक प्रगति विवरण तयार गरी गराई मन्त्रीपरिषद्, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयमा पेश गर्ने व्यवस्था मिलाउने ।

- मन्त्रालय अन्तर्गतबाट संचालन हुने व्यवसायिक तथा सीप विकास तालिमहरुको अनुगमन, अध्ययन गरी माग वमोजिम नयां र प्रविधियुक्त तालिमका त्चबमभक सिफारिस गर्ने ।

- व्यवसायीक तथा सीप विकास तालिम केन्द्र लगायत व्यवसायीक तथा सीप विकास तालिम सम्बन्धी प्रकृया एवं कार्यविधिहरुको सुधार र सुध्रिणिकरण लागि अध्ययन गरी सिफरिस गर्ने गराउने सम्बन्धी कार्य गर्ने ।

- व्यवसायकि तथा सीप विकास तालिम निर्देशनालय र केन्द्रहरुका लागि मन्त्रालयको Liaison Officer का रुपमा कार्य गर्ने ।

- HIV AIDS, UNIFEM, CTEVT संग सम्बन्धित कामका लागि Focal Person कारुपमा कार्य गर्ने ।

- महिला, दलित, जनजाति, मधेशी लगायतका हितमा कार्यक्रमहरु बनाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

- अधिनस्थ कर्मचारीहरुको काममा निकटतम सुपरिवेक्षकको हैसियतले आवश्यकता अनुसार निर्देशन र नियन्त्रण गर्ने ।

 

ग) कम्प्युटर ईन्जिनियरः 

- Networking को माध्यमवाट अभिलेख अद्यावधिक गर्ने,

- LAN System को रेखदेख गर्ने गराउने,

- कम्प्युटरको Hardware सम्वन्धी कार्य,

- Programming सम्वन्धी कार्य गर्ने,

- Database Management सम्वन्धी कार्य,

- सूचना प्रविधि (Information Technology) सम्वन्धी कार्य,

- व्यवस्थापन सूचना प्रणाली (Management Information System) सम्वन्धी कार्य,

- सूचना प्रविधिको क्षेत्रमा अध्ययन तथा अनुसन्धान सम्वन्धी कार्य ।

 

घ) तथ्यांक अधिकृतः श्रम सम्बन्ध तथा सूचना शाखा

- आन्तरिक एवं वाह्य श्रम बजार, श्रमको माग एवं पूर्ति र वालश्रम सम्बन्धमा सम्बद्ध पक्षसंग छलफल गर्ने, आवश्यकता अनुसार अध्ययन अनुसन्धान गराउने कार्यमा सुपरिवेक्षकलाई सहयोग गर्ने ।

- मन्त्रालय र अन्तर्गत निकायहरुसंग सम्बन्धित कामहरुका सम्बन्धमा तथ्यांकहरु संकलन, विश्लेषण तथा अद्यावधिक गर्ने ।

- मन्त्रालयबाट तर्जुमा हुने नीति एवं कार्यक्रमहरुको मस्यौदाका लागि आवश्यक तथ्यांकहरु विवरणहरु उपलब्ध गराउने ।

- राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका श्रम एवं वैदेशिक रोजगार सम्बन्धी प्रतिवेदनहरु अभिलेख र विवरणहरु संकलन र प्रकाशन सम्बन्धी कार्य तयार गरी पेश गर्ने ।

- आन्तरिक तथा वाह्य श्रम बजारको स्वरुप अध्ययन गराई आवश्यकता अनुसार श्रमिक आपूर्तिका लागि प्रक्षेपण गराउने सम्बन्धी कार्य गर्ने ।

- स्वदेशी तथा विदेशी श्रम बजारका लागि आवश्यक पर्ने सीपयुक्त श्रमका लागि र सीप अभिब्रिद्दीका लागि तालिमहरु सुपरिवेक्षक समक्ष सिफारिस गर्ने ।

- स्वदेशी श्रम बजारमा सङठित् एवं असङठित् रुपमा रहेका श्रमिकहरुको सम्बन्धमा अभिलेख राख्ने र अद्यावधिक गर्ने ।

- मन्त्रालयबाट आवधिक रुपमा प्रकाशन हुने बुलेटिन प्रकाशनको कार्य गर्ने ।

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी