श्रम ऐन, २०४८

 लालमोहर र प्रकाशन मिति २०४९।२।२

२०४९ सालको ऐन नं. ९

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मनोन्नत महेन्द्रमाला परम नेपाल प्रतापभास्कर ओजस्विराजन्य परम गौरबमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कर्ीर्तिमय नेपाल श्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ç रामपट्ट परम ज्यातिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रवल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेवाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम्

श्रम सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः विभिन्न क्षेत्रका प्रतिष्ठानहरुमा काम गर्ने कामदार तथा कर्मचारीहरुको हक, हित, सुविधा तथा सुरक्षाको व्यवस्था गरी श्रम सम्बन्धमा समयोचित व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसोैं वर्षा संसदले यो ऐन बनाएकोछ ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ -१) यस ऐनको नाम "श्रम ऐन, २०४८ " रहेको छ ।

-२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२.परिभाषा  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, -

       -क)"उत्पादन कार्य" भन्नाले देहायबमोजिमको कार्य सम्झनु पर्छः

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी