|
|
|
बोनस ऐन, २०३० संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति २०३०।१२।११।१ १. बोनस -पहिलो संशोधन) ऐन, २०३४ २०३४।६।६ २. बोनस -दोस्रो संशोधन) ऐन, २०३९ २०३९।७।३ ३. बोनस -तेस्रो संशोधन) ऐन, २०४५ २०४५।६।२६ ४. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६ ५. बोनस -चौथो संशोधन) ऐन, २०४९ २०४९।७।२१ २०३० सालको ऐन नं. २० बोनस वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावना व्प्रतिष्ठानमा काम गर्ने कामदार तथा कर्मचारीलाई बोनस वितरण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेको छ । १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ -१) यस ऐनको नाम "बोनस ऐन, २०३०" रहेको छ । २) यो ऐन नेपाल अधिराज्यभर लागू हुनेछ । |
|