बोनस नियमावली, २०३९

(संशोधन समेत मिलाइएको)

 नेपाल राजपत्रमा प्रकाशित मिति

२०३९।२।३१

पहिलो संशोधन मिति २०५६।१०।२४

 बोनस ऐन, २०३० को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल  सरकारले देहायका नियमहरु बनाएको छ ।

 

१. संक्षिप्त नाम र प्रारम्भ -१) यी नियमहरुको नाम "बोनस नियमावली २०३९" रहेको छ ।

       (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा ;

       (क) "ऐन" भन्नाले बोनस ऐन, २०३० सम्झनु पर्छ ।

(क) "कल्याणकारी कोष "भन्नाले ऐनको दफा १३ बमोजिमको राष्ट्रियस्तरको कल्याणकारी कोष सम्झनु पर्छ ।

(ख) "समिति" भन्नाले कल्याणकारी कोष संचालन गर्न नियम १० बमोजिम गठन भएको कल्याणकारी समिति सम्झनु पर्छ ।

(ग) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।

(घ) "सदस्य" भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्षलाई समेत जनाउछ

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी