:: वाल श्रम
वालश्रम
Vision:
जोखिमपूर्ण क्रियाकलापहरुबाट सुरक्षित, सामाजिक तथा आर्थिक शोषणबाट मुक्त,वालश्रमरहित समाजको सिर्जना गर्ने।
Mission:
वालश्रम उन्मुलनका लागि गुरुयोजनालाई राष्ट्रिय अभियानका रुपमा कार्यान्वयन गराउने तथा वालश्रम सम्वन्धी कार्यक्रमहरुलाई गरिवी निवारण संग सम्वन्धित अन्य क्षेत्रगत योजना र कार्यक्रमहरु संग एकिकृत गरि सरकारी निकाय, गैर सरकारी संस्था, अन्य सम्वद्द स्थानीय संघ संस्थाहरु संग समन्वय र सहकार्य गरि संचालन गरिने छ।
उद्देश्य :
कानूनी एवं संरचनात्मक सुधार गर्दै निकृष्ट प्रकृतिका वालश्रमिकहरुको उन्मूलन गर्ने र वालश्रमिकहरुको समुचित व्यवस्थापन, विकास र जनचेतना अभिबृद्धि गर्राई क्रमिक रुपमा वालश्रम निवारण गर्दै जाने उद्देश्य रहेको छ।
रणनीति
वालश्रमको समस्या निराकरण एवं वालवालिकाको संरक्षण र विकासका लागि तर्जुमा एवं कार्यान्वयनमा रहेका अन्य विभिन्न क्षेत्रगत कार्ययोजनाहरुसँग सह-सम्बन्धहरु स्थापित गरी वालश्रम सम्बन्धी गुरुयोजनाको प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
नीति/कार्यनीति
१) वालश्रम सम्बन्धी कानूनी प्रावधानहरु तथा संस्थागत संरचनाहरुको पर्याप्तता,सक्षमता तथा प्रभावकारीता दृष्टिकोणबाट समयानुकूल परिमार्जन र सुदृढीकरण गरिनेछ।
२) वालश्रम उन्मूलनसँग सम्बन्धित कार्यक्रमहरु जस्तो गरिवी निवारण कार्यक्रम, सबैका लागि शिक्षा कार्यक्रम, खाद्य आहार सम्बन्धी कार्यक्रम, वालश्रम निवारणका लागि राष्ट्रिय कार्यक्रम, गुरुयोजना आदिका वीचमा समन्वय कायम गरी सरकार, स्थानीय निकाय, सामाजिक सहकर्मीहरु, दातृ समुदाय र नागरिक समाजसँग समन्वयात्मक रुपमा सहकार्य गरिनेछ।
३) जोखिमयुक्त र निकृष्ट प्रकृतिका काममा संलग्न वालवालिकाहरुको उद्दार, पुनर्स्थापना र परिवारसँग पुनर्मिलनको अवसर सिर्जनाका लागि सामाजिक सहकर्मीहरुसँग समन्वय गरी स्थानीय स्तरमै पुर्वाधारहरुको व्यवस्था गर्दै जाने।
४) वालश्रम विरुद्ध स्थापित संघ संस्थाहरुलाई सक्रिय र सशक्त बनाई बालश्रम उन्मूलन सम्बन्धी जनचेतना अभिबृद्धि सम्बन्धी कार्यलाई स्थानीय स्तरबाटै व्यापक बनाइने।