केन्द्रीय श्रम सल्लाहकार समितिको

श्रम नियमावली, २०५०

परिच्छेद- ५

समिति र अधिकारीसम्बन्धी व्यवस्था

४५. केन्द्रीय श्रम सल्लाहकार समितिको गठन ः

१) ऐनको दफा ६२ बमोजिम गठन हुने केन्द्रीय श्रम सल्लाहकार समितिमा देहायका अध्यक्ष र सदस्यहरू रहनेछन्ः-

क) श्रम मन्त्री वा राज्यमन्त्री - अध्यक्ष

ख) सचिव, श्रम मन्त्रालय - सदस्य

ग) सचिव, पर्यटन मन्त्रालय - सदस्य

घ) सचिव, निर्माण तथा यातायात मन्त्रालय - सदस्य

ङ) सचिव, कृषि मन्त्रालय - सदस्य

च) सचिव, उद्योग मन्त्रालय - सदस्य

छ) श्री ५ को सरकारबाट मनोनीत श्रमसम्बन्धी दर्ुइजना विषेशज्ञ -सदस्य

ज)) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि ३-तीनजना - सदस्य

झ)) ट्रेड यूनियन महासंघको प्रतिनिधि ३ -तीन जना - सदस्य

ञ) महानिर्देशक, श्रम विभाग - सदस्य-सचिव

२) उपनियम -१) को खण्ड -६) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दर्ुइ वर्षो हुनेछ ।

३) श्री ५ को सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केन्द्रीय श्रम सल्लाहकार समितिको सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

४) केन्द्रीय श्रम सल्लाहकार समितिले आफ्नो बैठकमा आवश्यकतानुसार कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

४६. केन्द्रीय श्रम सल्लाहकार समितिको काम, कर्तव्य र अधिकारः

केन्द्रीय श्रम सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-

क) श्रम नीति सम्बन्धमा श्री ५ को सरकारलाई परामर्श दिने ।

ख) श्रमसम्बन्धी कानूनमा समसामयिक सुधार गर्ने सम्बन्धमा श्री ५ को सरकारलाई आवश्यक परामर्श दिने ।

ग) कामदार तथा कर्मचारीहरूको निमित्त आवासको निर्माण सम्बन्धमा श्री ५ को सरकारलाई आवश्यक परामर्श दिने ।

घ) एपे्रन्टीशसीप तालीमसम्बन्धी नीति निर्माण गर्न श्री ५ को सरकारलाई परामर्श दिने ।

ङ) आधारभूत व्यावसायिक तालिम सञ्चालन गर्ने सम्बन्धमा श्री ५ को सरकारलाई आवश्यक सल्लाह दिने ।

च) रोजगारीको अवसरहरू वृद्धि गर्ने सम्बन्धमा श्री ५ को सरकारलाई आवश्यक सल्लाह दिने ।

छ) श्री ५ को सरकार, व्यवस्थापक र कामदार तथा कर्मचारीहरूको आपसी सम्बन्धको अभिवृद्धि गरी औद्योगिक विकास गर्ने सम्बन्धमा श्री ५ को सरकारलाई आवश्यक सल्लाह दिने ।

ज) औद्योगिक शान्ति कायम राखी औद्योगिक विकास गर्ने सम्बन्धमा श्री ५ को सरकारलाई आवश्यक सल्लाह दिने ।

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी