|
|
|
श्रम नियमावली, २०५० नेपाल राजपत्रमा प्रकाशित मिति २०५०।७।२३ हेरफेर- २०५४।११।२० श्रम ऐन, २०४८ को दफा ८६ ले दिएको अधिकार प्रयोग गरी नेपाल े सरकारले देहायका नियमहरू बनाएको छ । परिच्छेद- १ प्रारम्भिक १.संक्षिप्त नाम र प्रारम्भः-१) यी नियमहरूको नाम "श्रम नियमावली, २०५०" रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २.परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा- (क)"ऐन" भन्नाले श्रम ऐन, २०४८ सम्झनर्ुपर्छ । (ख)"कारखाना" भन्नाले उत्पादन कार्य गर्ने प्रतिष्ठान सम्झनर्ुपर्छ । परिच्छेद- २ रोजगारी र सेवाको सुरक्षा ३.नाबालिगलाई काममा लगाउने समयः -१) चौध वर्षन्दा माथि सोह्र वर्षन्दा मुनिका नाबालिग कामदार वा कर्मचारीलाई कुनै पनि प्रतिष्ठानको काममा लगाउँदा ऐनको दफा ५ को उपदफा -२) को अधीनमा रही दिनको ६ घण्टा र हप्ताको छत्तीस घण्टाभन्दा बढी समयसम्म काममा लगाउनुहुँदैन। |
|