|
|
|
नेपाल सरकार (कार्य–विभाजन) नियमावली, २०६४ नेपाल सरकार, मं.प.बाट मिति २०६४।१।१६ पहिलो संशोधन स्वीकृत मितिः २०६५।५।१३ दोस्रो संशोधन स्वीकृत मितिः २०६६।२।२९ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४३ को उपधारा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल सरकारको कार्य–विभाजनको लागि देहायको नियमावली बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भः (१) यस नियमावलीको नाम “नेपाल सरकार (कार्य–विभाजन) नियमावली, २०६४” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “मन्त्रालय” भन्नाले नेपाल सरकारका मन्त्रालयलाई सम्झनु पर्छ र सो शब्दले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई जनाउँछ । (ख) “मन्त्री” भन्नाले प्रधानमन्त्री, उप–प्रधानमन्त्री र मन्त्रीलाई सम्झनुपर्छ र सो शब्दले स्वतन्त्र रूपमा मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्रीलाई समेत जनाउँछ । ३. मन्त्रालयः नेपाल सरकारका मन्त्रालय अनुसूची –१ मा उल्लेख भएबमोजिम हुनेछन् । ४. कार्य–सम्पादनः नेपाल सरकारको कार्य–सम्पादन नियम ३. मा उल्लेख भएबमोजिमका मन्त्रालयहरुद्वारा हुनेछ । ५. कार्य विभाजनः (१) मन्त्रालयबाट सम्पादन हुने कार्यको विभाजन अनुसूची – २ मा उल्लेख भएका विषय र सोसँग सम्बन्धित विषय हुनेछन् । (२) उप–नियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै मन्त्रालयको काममा हेरफेर गर्नसक्नेछ । (३) प्रधानमन्त्रीले कुनै मन्त्रीलाई एक वा एकभन्दा बढी मन्त्रालयको कार्यभार सुम्पन सक्नेछ । (४) प्रधानमन्त्रीले कुनै मन्त्रालयलाई तोकिएको काममध्ये केही काम आफैँले वा सम्बन्धित मन्त्रीको सिफारिशमा अर्को कुनै मन्त्रीले हेर्ने गरी तोक्नसक्नेछ । तर सम्बन्धित मन्त्री नेपालमा नरहेको अवस्थामा त्यस्तो सिफारिश आवश्यक पर्ने छैन । ६. मन्त्रीको जिम्मेवारीः नियम ५. बमोजिम आफूलाई तोकिएकोे काम सम्पादन गर्ने÷गराउने जिम्मेवारी सम्बन्धित मन्त्रीको हुनेछ । ७. अनुसूचीमा हेरफेरः नेपाल सरकार, मन्त्रिपरिषद्ले अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ । ८. खारेजीः नेपाल सरकार (कार्य–विभाजन) नियमावली, २०६३ खारेज गरिएको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयको कार्य–विभाजन १. श्रम तथा यातायात सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन, २. श्रमशक्ति, श्रमबजार र यातायात सम्बन्धी अध्ययन, अनुसन्धान तथ्याङ्क संकलन तथा विश्लेषण, ३. अन्तर्राष्ट्रिय श्रम संगठन तथा श्रम सम्बन्धी अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाहरु, ४. श्रमिक र व्यवस्थापकबीचको सम्बन्ध, ५. रोजगार सेवा तथा श्रमिक आपूर्ति, ६. वैदेशिक रोजगार, ७. व्यावसायिक तालिमको सञ्चालन, समन्वय तथा प्रवद्र्धन, ८. नाबालक, महिला, अपाङ्ग तथा बँधुवा मजदूरको सीप र तालिम, ९. टेड यूनियन, १०. श्रमिकहरुको सामाजिक सुरक्षा, ११. विदेशीहरुका लागि श्रम स्वीकृति दिने, १२. श्रम प्रशासन तथा व्यवस्थापन, १३. श्रमिकहरुलाई उपलब्ध गराइने बोनस, १४. यातायात (हवाई यातायात बाहेक) तथा परिवहन सम्बन्धी व्यवस्थापन र सञ्चालन सम्बन्धी नीति, योजना तर्जुमा, कार्यान्वयन र नियमन, १५. यातायात (हवाई यातायात बाहेक) तथा परिवहन व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित संस्थान तथा संगठनहरु, १६. यातायात (हवाई यातायात बाहेक) सेवा नियमन, व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था र निकायहरुसँग सम्पर्क सम्बन्धी । |
|