Today is: Thursday , February 23, 2012



परिचय

तपाईं यहाँ हुनुहुन्छ  मुख्यपृष्‍ठ : संगठन » परिचय » 

मन्त्रालयको स्थापना
* श्रम तथा समाज कल्याण मन्त्रालय: वि.स. २०३८ साल
* श्रम मन्त्रालय: वि.स. २०५२
* श्रम तथा यातायात व्यवस्था मन्त्रालय: वि.स. २०५७

परिचय

मुलुकमा बढ्दो औद्योगिक प्रतिष्ठानहरुको विकाससँगै रोजगारदाता तथा कामदारहरुवीच परस्पर विश्वास र लाभमा आधारित सुमधुर श्रम सम्बन्धको स्थापना एवं विकास हुनु आवश्यक हुन्छ। यसबाट उत्पादकत्व बृद्धि हुने, लगानीमा बृद्धि हुन जाने र रोजगारीका थप अवसरहरु सिर्जना हुन गई गरिवी निवारणमा टेवा पुग्न जाने हुन्छ। तर्सथ असल औद्योगिक सम्बन्धको विकासका लागि श्रम बजारको लक्षकता र सामाजिक सुरक्षालाई सन्तुलित गर्दै श्रम सम्बन्धलाई व्यवस्थित गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयको स्थापना भएको छ।

प्रारम्भमा उद्योग वाणिज्य मन्त्रालयभित्र एक श्रम शाखाको रुपमा रहेकोमा वि.सं.२०३८ सालमा उक्त श्रम शाखालाई छुट्टै श्रम विभागको रुपमा स्थापना भएको थियो। २०३८ सालमा श्रम तथा समाज कल्याण मन्त्रालयको नामबाट मन्त्रालयको रुपमा स्थापना भयो। तत्पश्चात् २०५२ सालमा यस बाट समाजकल्याणको पक्षलाई हर्टाई श्रम मन्त्रालयको नामबाट कार्य सम्पादन हुँदै आएकोमा २०५७ सालदेखि यातायात सम्बन्धी कार्य समेतको जिम्मा पाई यो मन्त्रालय श्रम तथा यातायात व्यवस्था मन्त्रालयको रुपमा स्थापना भएको छ।

मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी

मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी देहाय बमोजिम रहेको छ :

- श्रम सम्बन्धी नीति तथा कार्यान्वयन सम्बन्धी
- श्रमशक्ति श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण सम्बन्धी
- श्रम सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुसँग सर्म्पर्क र सम्बन्ध सम्बन्धी
- श्रमिक व्यवस्थापकवीचको सम्बन्ध सम्बन्धी
- रोजगार सेवा तथा श्रमिक आपुर्र्तिसम्बन्धी
- वैदेशिक रोजगार सम्बन्धी
- व्यावसायिक तालिमको संचालन, समन्वय तथा पर्रबर्द्धन सम्बन्धी
- ट्रेड यूनियन सम्बन्धी
- श्रमिकहरुको सामाजिक सुरक्षा सम्बन्धी
- विदेशीहरुका लागि श्रम स्वीकृति दिने सम्बन्धी
- श्रम प्रशासन तथा व्यवस्थापन सम्बन्धी
- वोनस सम्बन्धी
- यातायात -हवाई यातायात बाहेक) तथा परिवहन सम्बन्धी व्यवस्थापन र सञ्चालन सम्बन्धी नीति, योजना, कार्यान्वयन र नियमन)
- सम्बन्धित संस्थान तथा संगठन सम्बन्धी
- यातायात सेवा (हवाई यातायात सेवा बाहेक) व्यवस्थापन र सञ्चालनसँग सम्बन्धित
- अन्तराष्ट्रिय संस्था वा निकायहरुसँग सर्म्पर्क सम्बन्धी
उल्लेखित नेपाल सरकार (कार्य विभाजन) नियमावली बमोजिमका मन्त्रालयका कार्यक्षेत्र र जिम्मेवारी अनुरुप यस श्रम तथा यातायात व्यवस्था मन्त्रालयका मुख्य मुख्य कार्यक्षेत्रहरु, निम्नानुसार रहेका छन् :
- सुमधुर श्रम सम्बन्धको विकास (मर्यादित काम, सामाजिक सुरक्षा, विवाद समाधान, अन्तराष्ट्रिय अभिसन्धीहरुको कार्यान्वयन आदि)
- वालश्रम उन्मूलन
- वैदेशिक रोजगार पर्रबर्द्धन तथा व्यवस्थापन
- व्यावसायिक तथा सीप विकास तालिम
- कामदारहरुको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य
- यातायात व्यवस्था सुदृढीकरण -सवारी साधनहरु दर्ता, सवारी जाँचपास, प्रदूषण जाँच, सवारी चालक अनुमति आदि‍।

A Technical Assistance of IOM International Organization for Migration
अन्तर्राष्ट्रिय आप्रवासन संगठनको प्राविधिक सहयोग