कार्यात्मक अनुसन्धान प्रतिवेदन

 पृष्ठभूमी

गरिवी निवारण आज देशको प्रमुख उद्देश्यको रुपमा रहेको छ । मुलुकको द्रुततर आर्थिक विकास गरी गरीवी निवारणमा ठोस योगदान पुर्‍याउनका लागि उत्पादन क्षेत्रका विभिन्न क्षेत्रहरु मध्ये औद्योगिकरणको कार्यलाई स्वस्थ्य र द्रुत गतिमा लैजानु पर्दछ । यस क्रममा उत्पादकत्व वृद्धि गर्ने खालको औद्योगिक सम्बन्ध र औद्योगिक शान्तिको स्थापना गर्नु पहिलो आवश्यक्ता हुन जान्छ । यसका लागि व्यवस्थापक तथा कामदारहरुबीच सामन्जस्य कायम गराइ सुमधुर औद्योगिक सम्बन्धको स्थापना हुनु वान्छनीय हुन जान्छ । औद्योगिक शान्ति कायम गर्न खास गरी श्रमिकहरुको न्यायोचित हकहित र सामाजिक सुरक्षाको संरक्षण गर्नु र उनीहरुमाथि हुने शोषणको अन्त्य हुन जरुरी हुन्छ । त्यसैगरी श्रमिक एवं व्यवस्थापनबीचको सम्वाद पनि निरन्तर हुन आवश्यक छ । औद्योगिक प्रतिष्ठानमा संलग्न कामदारको शारिरिक तथा मानसिक सुस्वास्थ्य तथा सुरक्षाको संरक्षण, दर्ुघटना न्यूनीकरण, कार्यस्तरीय विवादहरुलाई कार्यस्थलमै न्यायोचित आधारमा समाधान गर्न सक्ने वातावरणको सिर्जना गर्न प्रत्येक प्रतिष्ठानमा द्विपक्षीय संयन्त्रको स्थापना, श्रमिकहरुको सामाजिक सुरक्षा सम्ब्ान्धमा भइ रहेका कानूनको प्रभावकारी कार्यान्वयन गर्नको लागि नियमित, प्रभावकारी र व्यवस्थित रुपमा श्रम निरीक्षण तथा अनुगमन प्रणालीको आवश्यक्ता रहेको छ ।

त्यसैगरी बालश्रम सम्बन्धी राष्ट्रिय गुरु योजना नेपाल सरकारबाट स्वीकृत भइसकेको,श्रम सम्बन्धी अन्तराष्ट्रिय श्रम संगठनका विविध नौ वटा तथा बालअधिकार सम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरिसकेको र बालश्रम -निषेध र नियमित गर्ने) ऐन, २०५६ गत मंसिर १ गते देखि कार्यान्वयनमा आएको पर्रि्रेक्षमा प्रतिष्ठान हरुको श्रम निरीक्षणका साथसाथै बालश्रमिकहरु संलग्न हुने संगठित तथा असंगठित क्षेत्रमा पनि श्रम निरीक्षण तथा अनुगमन प्रणालीको विकास गर्न आवश्यक भएको छ । बालश्रम -निषेध तथा नियमित गर्ने) ऐन, २०५६ को दफा १५ ले बालश्रम निरीक्षणको काम श्रम तथा यातायात व्यवस्था मन्त्रालय अर्न्तर्गतको श्रम कार्यालयले गर्ने व्यवस्था गरेको छ । मुलुकमा हाल बालश्रमिकको संख्या छव्वीस लाख रहेको आधिकारिक तथ्यांक देखिन्छ तर निरीक्षण गर्ने निकाय अधिराज्य भरमा जम्मा दशवटा मात्र रहेको र ती निकायहरुमा पनि अत्यन्तै न्यून अवस्थामा रहेको जनशक्तिले सो कार्यलाई प्रभावकारी बनाउनु पर्ने अवस्था आएको छ।

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी