|
|
|
ट्रेड यूनियन ऐन, २०४९ ट्रेड यूनियनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावना: प्रतिष्ठान र प्रतिष्ठान बाहिर विभिन्न उद्योग व्यापार, व्यवसाय वा सेवामा काम गर्ने कामदार तथा स्वरोजगार गर्ने व्यक्तिहरुको व्यावसायिक तथा पेशागत हक हितलाई संरक्षण र सर्म्बर्द्धन गर्नको लागि ट्रेड यूनियनको दर्ता, संचालन र तत्सम्बन्धी अन्य आवश्यक व्यवस्था गर्ने सम्बन्धमा कानूनी व्यवस्थागर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षा संसदले यो ऐन बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "ट्रेड यूनियन -पहिलो संशोधन) ऐन २०५५" रहेको छ । (२) यो ऐन तुरन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) "प्रतिष्ठान" भन्नाले श्रम ऐन, २०४८ को दफा २ को खण्ड -ख) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ । (ख) "कामदार" भन्नाले प्रतिष्ठान र प्रतिष्ठानबाहिर विभिन्न उद्योग, व्यापार व्यवसाय वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी, पिसरेट, ठेक्कामा वा त्यस अर्न्तर्गत काम गर्ने कामदार तथा कृषि श्रमिक सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानको व्यवस्थापक तथा प्रबन्धक तह र त्यसको विभाग, शाखा, उपशाखा तथा इकाईको प्रमुख भई काम गर्ने कर्मचारी बाहेक अन्य कर्मचारी र स्वरोजगार गर्ने व्यक्तिलाई समेत जनाउँछ । |
|