यातायात क्षेत्र

Vision
सवारी तथा यातायात सेवाको गुणात्मकता बृद्धि गरी यातायात व्यवस्थालाई सुरक्षित, व्यवस्थित, प्रदूषणरहित र जनसेवामूलक बनाई यस कार्यमा निजी क्षेत्रको सहभागिता बृद्धि गरिनेछ।


Mission
सवारी तथा यातायात व्यवस्थालाई आधुनिक एवं सूदृढ वनाई यातायात सेवालाई व्यापक र विस्तार गरिनेछ।


उद्देश्य
यातायात प्रणालीलाई कम खर्चिलो, सुरक्षित, प्रदूषणरहित, सुविधायुक्त एवं आत्मनिर्भर हुन सक्ने गरी विकास गरी देशको समग्र विकासमा योगदान पुर्‍याउनु यातायात क्षेत्रको मुख्य उद्देश्य हुनेछ।
रणनीति
१) सवारी तथा यातायात व्यवस्थालाई प्रभावकारी तुल्याउन आवश्यक संस्थागत एवं नीतिगत सुधार गरी प्रदूषण नियन्त्रण र सवारी दर्ूघटना न्यूनीकरण गराउनुका साथै सवारी अनुमति,
नम्बर प्लेट र प्रदूषण जाँचपासका लागि आधुनिक प्रविधिहरुको प्रयोग थालनी गरिनेछ।
२) सवारी तथा यातायात क्षेत्रमा संलग्न यातायात व्यवसायीहरु र सामाजिक साझेदारहरुवीच
सहयोग र सहकार्य गरी यातायात व्यवस्थालाई मितव्ययी र विवादरहित बनाइनेछ।


नीति तथा कार्यनीति
१. संस्थागत एवं नीतिगत सुधार (रणनीति १ सँग सम्बद्ध)
· यातायात व्यवस्था कार्यालयहरु विस्तार गरी विकेन्द्रित सेवा प्रणालीको विकास गरिनेछ।
· यातायात व्यवस्था ऐन र नियमावलीलाई समय सापेक्ष पुनरावलोकन गरी नयाँ यातायात व्यवस्था ऐन र नियम ल्याइनेछ। यसका साथै यातायात बोर्डबाट प्राप्त निर्देशन बमोजिम कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ।


२. कम्प्युटर प्रणाली व्यवस्थित गर्ने
· सवारी चालक अनुमति पत्र प्रणाली (DLRS) र सवारी साधन दर्ता प्रक्रिया (VRS) लाई कम्प्युटर प्रणालीबाट व्यवस्थित गरी छिटो र भरपर्दो सेवा प्रदान गर्नुका साथै सवारी तथा यातायात सम्बन्धी सेवाको राष्ट्रिय रुपमा (Networking) को व्यवस्था मिलाइनेछ।


३. सवारी दु्र्रघटना एवं सवारी प्रदूषण कम गर्ने
· सवारी दु्र्रघटना कम गर्न ट्राफिक व्यवस्थापन प्रणालीमा सुधार गरिनेछ।
· महिला सवारी चालक तथा यातायात मजदुर हुन चाहने महिला र पुरुषका लागि तालिम सञ्चालन।
· सडक दु्र्रघटना सम्बन्धमा अध्ययन अनुसन्धान गरी दु्र्रघटनाका सम्भावित कारण एवं
क्षेत्रहरु पहिचान गरी आवश्यक र्सतर्कता अपनाउने व्यवस्था मिलाउने।
· काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रको सवारी तथा यातायात व्यवस्थापनलाई
भरपर्दो र सुरक्षित बनाइनेछ। अवरोध नाकाहरु हर्टाई सुधार गरिनेछ।
· प्रदूषण नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत अन्य शहरी क्षेत्रमा आवश्यक
संयन्त्रको व्यवस्था गर्ने तथा सो सम्बन्धी जनचेतना अभिबृद्धि गरिने छ।

४. यातायात व्यवस्थालाई आधुनिकीकरण गर्ने
· सवारीका साधनमा वैज्ञानिक पद्दतिको नम्बर प्लेट (Embossed Number Plate) लगाइने व्यवस्था गरिनेछ।
· सवारी चालक अनुमति पत्रको विद्यमान कागजी कार्ड प्रणालीलाई कम्प्युटरको
माध्यमबाट तयार गरी सुरक्षित ढंगको कार्ड प्रणाली (Small Card) मा सुधार गरिनेछ।


५. यातायात व्यवस्था कार्यालयको निर्माणर्/मर्मत सम्भार गर्ने तथा साधन स्रोत सम्पन्न तुल्याउने
· यातायात व्यवस्था कार्यालय गण्डकी र लुम्बिनीको भवन पुनर्निर्माण गरिनेछ।
· सबै यातायात व्यवस्था कार्यालयलाई फर्निचर र चार पाङग्रे सवारी साधनको व्यवस्था गरिनेछ।


६. निजी क्षेत्र र सामाजिक साझेदारहरुवीच सहकार्य
· यातायात व्यवसायी र यातायात मजदुरवीच नियमित अन्तरक्रिया छलफल गरी  यातायात व्यवस्थापन सुदृढ गराइनेछ।
· यातायात क्षेत्रमा निजी क्षेत्रलाई प्रतिष्पर्धी, आकषिर्त र जिम्मेवार बनाई यातायात व्यवस्थालाई सुदृढ बनाउँदै लगिनेछ।

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी